१९७० मा बाबुको मृत्युपछि परिवारको जिम्मेवारी किरपालको काँधमा आयो, त्यसपछि उनले डकर्मी र मजदूरी पनि गरे । तर लेख्न छाडेनन् । एकपटक उनको भेट अमृता प्रितमसँग भयो, प्रितमकै सल्लाहमा उनले आफ्ना लेख र कथाहरुलाई पुस्तकको स्वरुप दिन थाले । त्यसपछि किरपाल कजाकका अभूतपूर्व रचनाहरु सबैले पढ्न पाए ।
त्यसपछि उनले पटियालाको प्रसिद्ध पञ्जावी विश्वविद्यालयले निकाल्ने ‘खोज’ पत्रिकामा लेख्न थाले । नौ कक्षा पास किरपाललाई उनको प्रतिभा देखेरै यस विश्वविद्यालयले प्रोफेसर नियुक्त ग¥यो । त्यसपछि किरपाल यही पत्रिकाको सम्पादक पनि बने । ३३ भन्दा धेरै पुस्तक लेखिसकेका किरपाल किताब र कापीबाट मात्रै पढाई नहुने बताउँछन् । ‘जिन्दगीले जे सिकाउँछ वा अनुभव दिन्छ, त्यसभन्दा ठूलो पढाई केही होइन,’ उनी भन्छन् । उनी युवाहरुलाई कठिन परिश्रम गर्न सल्लाह दिन्छन् ।


















