टी–२० क्रिकेटमा भारतमाथि बंगलादेशको शानदार जित

194

काठमाडौं- बंगलादेशले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई पराजित गरेको छ ।

दिल्लीमा आइतबार राति भएको खेलमा भारतलाई बंगलादेशले ७ विकेटले पराजित गरेको हो ।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९।३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि मुश्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले ४३ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा अविजित ६० रन बनाए । त्यस्तै, सौम्या सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिषभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए ।

तीन खेलको टी–२० क्रिकेट सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । भारतलाई बंगलादेशले टी–२० क्रिकेटमा पराजित गरेको यो पहिलोपटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here