काठमाडौं– आइतबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक ११ बजे बस्ने जनाइएको छ ।
यसअघि हिजै साँझ हुने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक आजका लागि सारिएको हो ।
आइतबार नियुक्त हुने भनिएको प्रदेश प्रमुखको नियुक्ति आजको बैठकबाट हुने जनाइएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
















