काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।
काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका मध्ये काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ।
यसका साथै १५ हजार २५५ जनाको पिसिआर परीक्षण भएको छ भने संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार २१५ छ। योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्।
याे समाचार तयार गर्दा सम्म देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८१२ पुगेको छ।