बालबालिकाहरुमाथि दुर्व्यवहार गर्ने ४४ जना अस्ट्रेलियन नियन्त्रणमा

115

एजेन्सी – अस्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहार गर्ने ४४ जनालाई पक्राउ गरेको छ।

नियन्त्रणमा लिइएकाहरुले बालबालिकाहरुमाथि दुर्व्यवहार गर्नुका साथै दुर्व्यवहारलाई प्रोत्साहित गर्ने सामाग्री उत्पादन समेत गर्ने गरेका थिए। अस्ट्रेलियाको संघीय प्रहरीका अधिकारीहरुका अनुसार प्रहरी कारवाहीमा १६ जना बालबालिकाको उद्धार गरिएको छ। प्रहरीले अस्ट्रेलियाको सबै राज्यमा बाल दुर्व्यवहारविरुद्ध अभियान चलाएको थियो।

त्यसक्रममा पक्राउ पर्नेहरु १९ वर्षदेखि ५७ वर्षसम्मका व्यक्ति रहेको बताइएको छ। भिक्टोरियामा ११ जना, क्विन्सल्यान्डमा ११ जना, साउथ अस्ट्रेलियामा ८ जना, न्यू साउथ वेल्समा ८ जना, वेस्टर्न अस्ट्रेलियामा ७ जना, तास्मानियामा ५ जना र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्ट्रेलियन प्रहरीका अनुसार यो वर्षमात्रै १३४ जना बालबालिकाको उद्धार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here