मुकेशका हत्याराहरुलाई प्रधानमन्त्रीको संरक्षण : मात्रिका यादव

173

वीरगञ्ज – बिहीबार ६ गते पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका नेकपा गाउँ कमिटी शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परी मुकेश चौरसियाको निधन भएको छ । मृतक चौरसिया नेकपा जिल्ला कमिटी सदस्य एवम् बिन्दबासिनी गाउँपालिका सचिव समेत रहेका थिए ।

आक्रमणमा परी टाउकोमा गम्भीर चोट लागेपछि बीरगन्जस्थित पानी ट्याङ्कीमा रहेको न्युरो एल. एस अस्पतालमा चौरसियालाई भर्ना गरिएको थियो । घाइते चौरसियाको उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको थियो ।

चौरसियालाई आक्रमण गर्ने हनिफ मियाँ गढी, सोकदिन मियाँ गढी र देवा सहनीलाई बिहीबार बेलुकी करिब ४ बजेको समयमा पूर्व सांसद एवम् सबिधान सभा सदस्य राजकुमार गुप्ताको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने आफ्नो कार्यकर्तालाई पक्राउ गरेको भन्दै गुप्तापछि प्रहरीकोमा पुगेर करिब चार घन्टा प्रहरी हिरासतमा रहेर बिहीबार राति नै छुटाएका थिए ।

मृत्यु भएका चौरसियाका भाइ महेश चौरसियाका अनुसार यो घटनाको मुख्य योजनाकार पूर्व सांसद गुप्ता नै भएको ठोकुवा गरेका छन् । उनले बाहिरी मान्छेलाई बोलाएर योजना बनाएको महेशले आरोप लगाएका छन् । आफ्नो दाजु मुकेश चौरसियालाई लाठीले टाउकोमा प्रहार गर्ने ब्यक्ति अखिलेश चौरसिया रहेको किटानी गरेका छन् । उनले यो घटनामा संलग्नता रहेका गुप्तासहित एक दर्जन ब्यक्तिहरुको नाम किटानीसहित जाहेरी दिंदा प्रहरीले अहिलेसम्म मुद्दा दर्ता गरेको छैन ।

मृत्यु भएका चौरसियाको शव चार दिनदेखि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । हत्यामा संलग्नता भएका भनिएका ब्यक्ति अखिलेश चौरसिया, उत्तम तिवारी, चिन्टु तिवारी अहिले फरार छन् । शनिबारदेखि जिल्ला प्रहरी कार्यालय अगाडि दैनिक एक घन्टा धर्ना र विरोध कार्यक्रम जारी रहेको छ।

विरोध कार्यक्रममा नेकपा स्याथी कमिटी सदस्य एवम् पूर्व उद्योगमन्त्री मात्रिका यादवले चौरसियाका हत्याराहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरिरहेको आरोप लगाए । न्यायको लागि आन्दोलन गर्दै जाने र यसबाट उत्पन्न परिणामको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

 

विरोध कार्यक्रममा नेकपा प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको बताए । उनले अहिले आन्तरिक मामिला भनेर मुद्दा कमजोर गर्न खोजेको बताएका छन् । विरोध कार्यक्रममा बीरगन्ज महानगरपालिका इन्चार्ज दिनेश राई, महानगर कमिटी अध्यक्ष रहबर अन्सारी लगायतले आन्दोलन गरिरहेका छन् । हत्या गरिएका चौरसियालाई सहिद घोषणा गर्नेुपर्ने, हत्याराहरुलाई कार्वाही गर्नुपर्ने, मुद्दा दर्ता गरिनुपर्ने जस्ता नाराहरु लगाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here