रुसले सबैभन्दा ठूलाे सुनखानी खाेल्दै

198

काठमाडौ – विश्वको सबै भन्दा ठूलो सुनखानी रूसले साइबेरियामा खोल्न लागेको हो ।

साइबेरियामा रहेको सुखोइ सुनमा सय प्रतिशत स्वामित्च प्राप्त गरी रूसले यो सुनखानी खुला गर्न लागेको हो ।यहाँ ५४ करोड टन बराबरको सुनकण यहाँ सुरक्षित रहेको अनुमान गरिएको छ ।

यहाँका अध्ययन गर्ने समूह पोलिसका कार्यकारी प्रमुख पावेल ग्राचेभले भने“ सुखोइको सुनखानी अहिले विश्वको सबैभन्दा ठूलो रहेको र यहाँबाट ४ करोड आउन्स सुन प्राप्त हुने अनुमान गरिएको छ ।”

पोलिसले गत महिना १२ करोड ८२ लाख अमेरिकी डलर तिरेर २२ प्रतिशत सेयर किन्न खोजेको थियो ।

पोलिस रूसको सबै भन्दा ठूलो सुन उत्पादक कम्पनी हो । सन् २०१९मा यो कम्पनीले २८ लाख अउन्स सुन उत्पादन गरेको थियो । २०२०मा पनि सोही परिमाणमा सुन उत्पादन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here