हप्ताकाे दुई पटक मात्रै काेराेना ब्रिफिङ

67

काठमाडाैं- सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे  कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here