काठमाडाैं – भक्तपुरका चिर परिचित गायक रबि हाडाको नेपाल भाषाको नयाँ गीत “वाङगु लप्ते तुयुगु बजि” भर्खर सार्वजनिक भएको छ।
यस गीत बि सं २०१९ सालमा भक्तपुरका वरिष्ठ गायक नगेन्द्र हाडाद्धारा कलकत्ताको हिन्दुस्तान रिकर्डस मा रिकर्ड गर्नु भएको थियो।
यो गीत मोहनी नख: मा बजाइने नेपालभाषा लोक लय मालश्री धुनमा आधारित छ। जसलाई दशैंको धुन पनि भन्ने गरिन्छ । यस गीतलाई नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायत अरु धेरै गायकहरुले गाउनु भएको थियो।
यसको Music Video मा भक्तपुरका चर्चित हास्यकार श्याम सुन्दर शिल्पकार र सजना प्रजापतीको अभिनय गरेका छन् ।


















