नेपालमा काेराेना संक्रमित मृतकको संख्या ९२० पुग्यो

191

काठमाडौं पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ।

पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here