नेपाल र युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

219

काठमाडौंंप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले हिजाे प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्नुभएको हो ।
भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताउनुभएको थियो ।   रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here