एक महिना मात्र पुगेकी छोरी चार लाख ५१ हजार रुपैयाँमा बिक्रि

83
एजेन्सी-जर्मनीमा एक महिनाको नानीलाई ४ लाख ५१ हजार रुपैयाँमा बिक्रिका लागि राखेका छन् । विज्ञापनको अनुसार बच्चीको नाम मारिया हो उनी पश्चिम जर्मनी नार्थ राइन वेस्टफेलियाको ड्यु्सबर्ग शहरमा बस्छीन् ।

विक्रेताले कालो कपाल भएकी एक बच्चीको तस्वीर राखेका थिए, जसमा नानीले स्लीप सुट लगाएकी छिन् । यस विषयमा प्रहरीले तिव्ररुपमा अनुसन्धान गरिरहेको छ । एक महिनाको नानीलाई बिक्रिको लागि ई–बे मा विज्ञापनमा राखिएको छ ।

यो तस्वीरको साथमा लेखिएको थियो, ‘४० दिनको बच्ची मारिया बिक्रिको लागि हो ।’ विज्ञापन आएको ३० मिनेटमा नै ई–बे बाट उक्त विज्ञापन हटाइएको थियो । उनीहरुले हटाउदाँसम्म त्यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

एक अनलाइन प्रयोगकर्ताले यस पोस्टको निन्दा गर्दै ई–बे को विरुद्ध प्रहरीलाई सुचना दिएका थिए । कम्पनीलाई प्रहरीले नै जानकारी दिएपछि उक्त विज्ञापन हटाइएको थियो । प्रहरी पनि यस विषयमा अन्यौलमा परेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here