काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्नेरनबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।
ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हौं,’ अब मिलेर अगाडि बढ्नुप¥यो ।’
जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गरेका थिए । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सणoहभागिता रहेको थियो । आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म ओलीले नेपालसहितका चार नेतासँग छलफल गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


















