उखु किसानको सम्झौता पालना नभएमा सिंहदरबार घेर्ने चेतावनी

182

काठमाडाैं – गत वर्ष पुस १८ गते उद्योगीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम उखु किसानलाई तिर्नुपर्ने थियो । उद्योगीको प्रतिबद्धतालाई टेकेर मन्त्रालयले पुस १८ गते आफैं ग्यारेन्टी बसेर तोकिएकै मितिमा रकम भुक्तानी गर्ने गरी किसानसँग समझदारी गरेको थियो । तर सम्झौता पालना भएन, जसले किसानहरु मर्कामा परेका छन् । करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री भट्टसँगै समझदारी गरेर सिंहदरबारबाट निस्किएका किसान भण्डै ११ महिनापछि मागका लागि फरी काठमाडौं आएका छन् ।

सरकारसँग गरेको समझदारीबाट आफुहरु ठगिएको महसुश किसानहरुले गरेका छन् । अब छठभन्दा अघि सबै उधारो रकम नउठे सिंहदरबार घेर्ने चेतावनी उखु किसानहरुले दिएका छन् । अब केही दिनभित्र बाँकी सबै बक्यौता रकम उपलब्ध नगराएर सिंहदरबार घेर्ने चेतावनी किसानहरुले उद्योग मन्त्रीलाई स्मरण गराएका छन् ।उखु बेचेको पैसा नपाएका किसान राम पुकार अहिले काठमाणडैमा छन् । उनले मन्त्रालयले यथेष्ट पहल नगरे मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने चेतावनी दिए । पुकारले कोरोनाले मर्नु र भोक तथा ऋणले मर्नुको नतिजा एउटै भएकाले अब निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मन्त्री भट्टसँग भएको छलफलबाट रकम उठ्ने प्रतिबद्धता आएको भएपनि कार्यन्वनयन अझै शंकाको घेरामा रहेको उनी बताउँछन् । अर्का किसान भुजेन्द्र राउत पनि काठमाण्डौ आएका छन् । उखु किसानहरुले सरकाले माग पुरा नगरे तिहार र छठ पछि आन्दोलनमा जाने तयारी भइरहेको राउतले जनाए । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको उनी  जनाएका छन् ।

किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको उनले जनाए ।उखु किसानकोको पैसा नतिर्ने उद्योगी सम्पर्कमा ल्याई दिन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको र कानुनी उपचार गरेरै भएपनि किसानको बक्यौता दिलाई दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमार्फत सम्पर्क बाहिर रहेका उद्योगीहरुको खोजी भइरहेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मन्त्रालयले किसानसँग गरेको समझदारीअनुसार माघ ६ गतेसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयसँग छ । इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् । उक्त भुक्तानीपछि इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ र गोल्छा समूहले सञ्चालन गरेको श्रीराम सुगर मिलले २७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकीे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here