माओवादी केन्द्रद्वारा पार्टी विघठनको दुश्प्रचारबाट सतर्क रहन अपिल (विज्ञप्तीसहित)

479

काठमाडौं-नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको विधान, पद्दती र नीति विपरित ढंगले हाल पार्टीको सल्लाहकार समितिका नेता समेत रहेका पूर्व मन्त्री गोपाल किराती ‘साईला’ ले फिजाएको भ्रमक दुश्प्रचारको काण्डबाट भ्रमित नहुन आम पार्टी पंक्ति, राजनीतिक मित्र शक्तिहरु र आम न्यायप्रेमि जनसमुदायमा अपिल गरेका छ ।

माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकी ‘शुशिल’ ले आज एक विज्ञप्ती जारी गर्दै, पछिल्लो समय आफ्नो पार्टीको सल्लाहकार समितिको जिम्मेवारीमा रहेका नेता किरातीले गैरराजनीतिक चरित्र पर्दशन गर्दै, एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिरबाट आफ्नो पार्टीबारे भ्रम सिर्जना गर्न गरेको दुश्प्रचारबाट भ्रमित नहुन भन्दै सबैसँग अपिल गरेका हुन ।

२०७७ असोज २५/२६ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले तत्कालिन अध्यक्ष समेत रहेका नेता किरातीमा देखिएको मुख्यत मालेमावादी वैचारिक विचलनका कारण पार्टी अध्यक्ष पदबाट हटाएको र त्यसलाई आउँदो मंसिर ८ र ९ गते बस्ने केन्द्रीय समितिको बैठक मार्फत थप वैधानीकता दिने निर्णय गरेको अवस्थामा किरातीले अराजनैतिक ढंगबाट माओवादी केन्द्रको नाममा विज्ञप्ती जारी गर्दै पार्टी विघठनको हल्ला चलाएको उक्त विज्ञप्तीमा जनाइएको छ ।

उक्त विज्ञप्तीमा किरातीले धार्मिक विचार, विपश्यनालाई माक्र्सवादको चौथो संघठक अंगका रुपमा राख्ने विषयको प्रस्ताव सार्वजनिक गरेको र त्यसलाई पार्टीको पोलिटव्यूरोको बैठकले एकमतबाट अस्वीकृत गरेपछि उनी नैतिकताको आधारमा अध्यक्षबाट राजिनामा दिएर सल्लाकार समितिमा रहेको कुराहरु प्रष्टसँग खुलाइएको छ ।

सल्लाहकारको जिम्मेवारीमा रहेका नेता किरातीले निकालेको भ्रामक विज्ञप्ती माओवादी पार्टीको आधिकारीक विज्ञप्ती नरहेको महासचिव बुढाथोकीले प्रष्ट पारेका छन । महासचिव बुढाथोकीले जारी गरेको विज्ञीतीमा किरातीले आफैले आफुलाई अध्यक्ष घोषणा गर्नु असोभनिय बताइएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘श्री गोपाल किराती साईलाले पार्टी विधान र पद्धति विपरीत, सनकको भरमा गैरराजनीतिक चरित्र पर्दशन गर्दै स्वैच्छिक रुपमा एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिर, कुनै तहको औपचारिक बैठक नै नगरी, सम्पूर्ण पार्टी संरचना विघटन गर्ने र आफूलाई अध्यक्ष स्वघोषणा गर्ने कुरा पूर्वमन्त्री भइसकेको व्यक्तिर्ला पटक्कै सुहाउँदैन ।’

माओवादी आन्दोलन वलिदानपूर्ण इतिहास बोकेर आएको जनाउँदै उक्त विज्ञप्तीमा भनिएको छ–‘कुनै एक धर्म अंगालेका राजनीतिक पार्टी नेपालमा असफल मात्र नभएर २१ औं शताब्दीमा समर्थन प्राप्त गर्न सक्दैन । तसर्थ नेकपा (माओवादी केन्द्र) जातिवादी, साम्प्रदायिकता र उग्रराष्ट्रवाद, आत्मसमर्पणवादको भण्डाफोर गर्दै वर्गीय आन्दोलनलाई केन्द्रबिन्दु बनाई उत्पीडित वर्ग, जाति, क्षेत्र र लैङ्िगक मुक्तिको बाटोमा हाम्रो पार्टी निरन्तर संघर्षमा छ ।’

जनताको न्याय र मुक्तिको लागि माओवादी पार्टीले मात्र समाजवाद ल्याउने क्षमता राख्ने बताइएको छ । नेता किरातीको माओवादी आन्दोलन र विचारमा देखिएको विचलनताका कारण बुद्ध धर्म र विपश्यनाको आध्यात्मवादी गोलचक्करमा फसेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

माओवादी केन्द्रले किरातीले पार्टी विघठन भएको भन्दै फैलाएको हल्ला अनावश्यक भएको भन्दै विज्ञप्ती मार्फत भनेको छ–‘माओवादी केन्द्रको कुनैपनि तह विघटन नभई सम्पूर्ण संरचना यथावत रहेको जानकारी गराउदै निरन्तर क्रान्तिको यात्रामा हामी दृढ प्रतिवद्ध रहेको सत्य द्दाट मित्रशक्ति र आम जनसमुदायमा जानकारी गराउद छौँ । माओवादी आन्दोलनमा लामबद्ध हुन सबैमा आग्रह गरिन्छ ।’

त्यस्तै यसअघि पोलिटव्यूरो बैठके निर्णय गरेको मितिमै पार्टीको केन्द्रीय समितिको बैठक हुने विषयमा विज्ञप्ती मार्फत जानकारी गराइएको छ । पछिल्लो घटनाक्रमले किरातीको मनोगत धारणालाई चिर्न आवश्यकतामा पार्टीको पोलिटव्यूरो बैठकले गरेको निर्णय सार्वजनिक गरिने समेत बताइएको छ ।

प्राप्त जानकारी अनुसार पछिल्लो समय वैचारिक विचनका कारण पार्टी अध्यक्षबाट राजीनामा दिएका नेता किराती तनावपूर्ण अवस्थामा रहेको र हतारमा विधि, प्रकृया विपरित ढंगबाट आज विहान आफुखुशी अध्यक्ष भन्दै माओवादी केन्द्र विघठन भएको भन्दै विज्ञप्ती, कुप्रचारमा उत्रिएका थिए ।

उक्त विषयबारे स्पष्ट पादैं महासचिवले सम्पूर्ण जिम्मेवार नेता, कार्यकर्ताहरुलाई पार्टीको आधिकारिक नीति, निर्देशनप्रति प्रतिवद्ध रहन तथा विचलित र भ्रमित नहुन विज्ञप्ती मार्फत अपील गरेका हुन । माओवादी केन्द्रको विज्ञप्तीको पूर्णपाठ यस्तो छ……

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), केन्द्रीय समिति
केन्द्रीय कार्यालय, काठमडौं ।

विज्ञप्ती
विषय: पोलिटव्यूरोको निर्णयबारे !

२०७७ असोज २५/२६ गते बसेको पोलिटव्यूरो बैठकले मंसिर ८ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरिसकेको छ । ततर्् द्दंघत कालिन अध्यक्षको हैसियतमा ल्याइएको धार्मिक विचार (विपश्यना: माक्र्सवादको चौथो संघटन अंग) पोलिटव्यूरोको बैठकले एकमतबाट अस्वीकृत गरेसंगै नैतिकताको आधारमा राजिनामा दिएपछि सल्लाकार बनाइसकेका श्री गोपाल किराती साइलाले पार्टी विद्यान र पद्धति विपरीत सनकको भरमा गैरराजनीतिक चरित्र पर्दशन गर्दै स्वैच्छिक रुपमा एकलढंगले अधिकार क्षेत्रभन्दा बाहिर कुनै तहको औपचारिक बैठक नै नगरी सम्पूर्ण पार्टी संरचना विघटन गर्ने र आफूलाई अध्यक्ष स्वघोषणा गर्ने कुरा पूर्वमन्त्री भइसकेको व्यक्तिले पटक्कै सुहाउँदैन । माओवादी आन्दोलन वलिदानपूर्ण इतिहास बोकेर आएको छ । कुनै एक धर्म अंगालेर राजनीतिक पार्टी नेपालमा असफल मात्र नभएर २१औं शताब्दीमा समर्थन प्राप्त गर्न सक्दैन । तसर्थ नेकपा (माओवादी केन्द्र) जातिवादी, साम्प्रदायिता र उग्रराष्ट्रवाद, आत्मसमर्पणवादको भण्डाफोर गर्दै वर्गीय आन्दोलनलाई केन्द्रबिन्दु बनाई उत्पीडित वर्ग, जाति, क्षेत्र र लैङ्िगक मुक्ति गर्दै आएको छ र आगामी दिनमा समाजवाद ल्याउने क्षमता माओवादी पार्टीले मात्र राख्छ ।

माओवादी केन्द्रको कुनैपनि तह विघटन नभई सम्पूर्ण संरचना यथावत रहेको जानकारी गराउदै निरन्तर क्रान्तिको यात्रामा हामी दृढ प्रतिवद्ध रहेको सत्य पार्टी पंक्ति, मित्रशक्ति र आम जनसमुदायमा जानकारी गराउद छौँ । माओवादी आन्दोलनमा लामबद्ध हुन सबैमा आग्रह गरिन्छ ।’

साथै निर्धारित मितिमै केन्द्रीय समितिको बैठक हुने जानकारी गराउँदै पोलिटव्यूरो बैठकले गरेको निर्णय सार्वजनिक गरिन्छ । सम्पूर्ण जिम्मेवार कमरेडहरुलाई पार्टीको आधिकारिक नीति, निर्देशनप्रति प्रतिवद्ध रहन तथा विचलित र भ्रमित नहुन अपील गर्दछौँ ।
मितिः २०७७ कार्तिक २४ गते ।

…………..
कर्णजीत बुढाथोकी ‘शुशिल’
महासचिव
नेकपा (माओवादी केन्द्र), केन्द्रीय समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here