सेञ्चुरी कमर्सियल बैंकका माकलवारीमा शाखा सञ्चालन

146

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको गोकर्णेश्र नगरपालिका–८, माकलवारीमा  शाखा सञ्चालन गरेको छ।  उक्त शाखाको बुधबार बैंक सञ्चालक मनबहादुर राईले उद्घाटन गरेका हुन्। माकलवारी शाखा सञ्चालनमा आएसँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ।

२०७८ चैत मसान्तसम्म बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन  गरी ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरेको छ। सो अवधिमा बैंकले १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ।

हाल बैंकले देशभर १३० शाखा, १० एक्सटेन्सन रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here