सात वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा पक्राउ

67

काठमाडौं- गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो।वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो।  घटना हिजो दिउँसोको हो। उनलाई पक्राउ गरी ल्याएका छौं। घटनाबारे थप अनुसन्धान हुँदैछ,’ उनले भने।

उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे।  बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। त्यस्तै पक्राउ परेका तामाङमाथि अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here