पत्थरीको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएपछि विरामीको मृत्यु

326

काठमाडौं– ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।

पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका रामप्यारी शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो। अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको हुनाले मलद्वारबाट निस्कनुपर्ने फोहोर शरीरभित्रै फैलिएर संक्रमण भई बिरामीको मृत्यु भएको आफन्तहरुले जनाएका छन्।

तर, ओम अस्पतालका निर्देशक डा. केपी देवकोटाले भने बिरामीको उपचारमा कुनै लापरबाही नभएको र संक्रमणका कारण बिरामीको मृत्यु भएको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here