जुम्ला– विप्लव नेतृत्व नेकपाका जुम्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएको जनाइएको छ ।


















