झापामा पनि डेंगु संक्रमण

94

दमक– सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको छ।

संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्।

डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत डेंगुबाट बच्ने उपायबारे टोल टोलमा पुगेर जानकारी गराउने क्रम जारी रहेको अर्यालले जनाए। यस्तै, लामखुट्टेको टोकाइबाट फैलने डेंगुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here