‘स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुन्छ’

137

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ।

छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताउनुभयो। ‘स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ’, मन्त्री आलेले भन्नुभयो। अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उहाँको भनाइ छ।

‘गठबन्धन दुवै पक्षलाई आवश्यक छ’, उहाँले भन्नुभयो। मन्त्री आलेले कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here