महामारी रोकथामका लागि सिमानाकामा मंसिर ३० गतेसम्म प्रतिबन्ध

86

काठमाडौं – सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको  प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी गराएका हुन् ।   सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो ।

कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here