काठमाडौं, असार ६ गते । काठमाडौं महानगरपालिकाका संस्थापक उपमेयर नविन्द्रराज जोशीस्मृति फिडे रेपिड चेस प्रतियोगिताको उपाधि झापाका युवा खेलाडी डा. सुशन गौतमले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार जिते । शनिबार सम्पन्न नौ चरणको खेलमा समान साढे ७ अंक भएपनि टाइब्रेकमा भक्तपुरका भेट्रान गणेशमान दुवाल दोश्रो र काठमाडौंका सिएम भगवतीप्रसाद शर्मा तेश्रो भए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार हात पारे ।
काठमाडौं महानगरपालिका वडा नं. २४ द्धारा आयोजित प्रतियोगितामा तनहुँका सुजन काफले चौथौं, भक्तपुरका राजेश कक्षपति पाँचौं, मखन चेस क्लबका राजन पुरी छैटौं, लमजुङ्गका अनिश न्यौपाने सातौं, बाँकेका अभिक शाह आठौं, काभ्रेका शैलेन्द्र न्यौपाने नवौं र गोर्खाका कपिल गुरुङ्ग दशौं भए । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार पाए ।
स्वीसलिग नौ चरणको दुइ दिने प्रतियोगितामा ८० वर्षका भेट्रान सीतारा अग्रवाल साढे ६ अंकका साथ काठमाडौं उत्कृष्ठ भए । उनले नगद ३ हजार हात पारे । त्यस्तै मखन चेस क्लबका नरेश स्थापित काठमाडौं दोश्रा भए । महिलातर्फ नेपाल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ठ भइन ।
ऐतिहासिक इतुं बहालमा संचालित प्रतियोगिता टोखाका आशानारायण लवट भेट्रान प्रथम भए । त्यसैगरी सिन्धुलिका हेम भण्डारी १८०० मुनी रेटिङ्ग र बझाङ्गका खगेन्द्र केसी १६०० मुनी रेटिङ्ग समुहमा उत्कृष्ठ ठहरिए । उनीहरुले जनही नगद २ हजार पाए ।
नेपालका पहिलो अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजु प्रमुख निर्णायक रहेको प्रतियोगितामा सिन्धुपाल्चोकका सम्यक श्रेष्ठ १६ वर्षमुनी, काठमाडौका आध्यान्त काफले १४ वर्षमुनी र कपिलवस्तुका अंकुर पोखरेल १२ वर्षमुनी उमेर समुहमा उत्कृष्ठ भए । उनीहरुले पनि जनही नगद २ हजार पुरस्कार हात पारे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई एक कार्यक्रमबीच वडा नं २४ का अध्यक्ष बिनोद कुमार राजभण्डारी, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, वडा सचिव रविन्द्रलाल श्रेष्ठ लगायतले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताका उत्कृष्ठ २१ जना खेलाडीहरुको लागि कुल १ लाख १ हजार नगद पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा ४० जिल्लाका ११८ जना खेलाडीहरु सहभागी सहभागी थियो ।


















