काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको जनाएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले जनाए ।
राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको जनाए । ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तराद्र्धै हो । तर तपाईंहरुले देख्नु भएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।’
जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डो¥याउन आफू सक्रिय रहेको प्रचण्डले जनाए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।


















