कोरोना संक्रमित कूल संख्या २ लाख ६ हजार ३ सय ५३ पुग्याे

53

काठमाडौं-  शुक्रवार देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ।  यसका साथै कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। साथै थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  बिहिबार मात्र  १५ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन् । हिजाे देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here