घरमा करेन्ट सर्ट भई आगलागी

157

काठमाडाैं -पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ६ मेवाखोलाका धनराज लिम्बूको घरमा आगलागी भएको छ।

फुसको छानो भएको तीन कोठे दुई तले घरमा करेन्ट सर्ट भई आगलागी भएको हो। आज बिहान करिब साढे ४ बजे आगलागी हुँदा नगद १० हजार रूपैयाँसहित चाँदी पाँच तोला, अन्नपात, लत्ताकपडा र भाँडावर्तनसहित घर जलेर नष्ट भएको हो।

इलाका प्रहरी कार्यालय खान्द्रुङका अनुसार अन्दाजी तीन लाख ५० हजार रूपैयाँको क्षति भएको छ। घर जलेर नष्ट भएपछि पीडित परिवारलाई छरछिमेकी र प्रहरीको सहयोगमा आफ्नै बारीमा टहरो बनाएर बसोवासको व्यवस्था मिलाएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here