मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २१ पुगेको छ ।


















