वाणिज्य बैंकको नाफा घट्याे

210

काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ ।

काठमाडौं – २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन् । पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब ६ करोड नाफा कमाएको छ । यस्तै नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७६ लाख र प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् ।

मेगा बैंकले ६० करोड ६९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् । एसबीआई बैंकको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ ।

एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ । कोभिड-१९ को असरले वाणिज्य बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here