रञ्जित चुकसँँगैकाे चुककाे पुर्ण निर्माण जारी

517

काठमाडौं – कामपा २१ वडा पद्मसुगन्धमार्ग अवस्थित रञ्जित चुकसँगै रहेको चुकमा समेत निर्माण कार्य सुरुभएको छ ।

स्थानीयवासी तथा रञ्जित चुक पुचकाे अग्रसरतामा आजभन्दा करिब साढे एक महिना अघि चुक निमार्णले नयाँ रुप लिएको थियाे । मंसिर ६ गतेदेखि विहान ७ बजेदेखि साझ ५:३० बजेसम्म रञ्जित चुकसँगै रहेकाे अर्काे चुक पुर्ननिर्माण थालनी गरेको रञ्जित चुक पुचका अघ्यक्ष सुमित रञ्जितले जनाए । उनका अनुसार यो चुकमा ढल ब्यवस्थापन, ब्लक बिछ्याउने कार्यसमेत भइरहेकाे जनाए । यसका अलावा गल्ली भित्र इट्टा विच्छ्याउने व्यवस्थित ढंगबाट भएको छ । साथै लुक्मा द्यो पनि पुर्नस्थापना गर्ने अवगत गराए ।

यस चुक निमार्ण कार्यमा सकृय भूमिका रञ्जित चुक पुचः , २१ वडा तथा स्थानियबासी सानुराजा रञ्जित, माइला रञ्जित, इन्द्रबहादुर रञ्जितकाे सकृयतामा हाल निमार्ण कार्य भइरहेकाे छ । – रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here