एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने

494

काठमाडौंं – एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला हुने भएको छ। इकाइकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गर्ने भएको हो।

फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई निष्काशनमा आउनेछ।

त्यसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई एक करोड २५ लाख इकाई निष्काशनमा ल्याउन लागेको हो ।

यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते सम्ममा आबेदन गरीसक्नु पर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ।

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाई सम्म आबेदन दिन सकिनेछ।

इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग दिएको छ। यस्तै प्रबर्द्धकलाई इक्रा नेपालले ‘इक्राएनपी–बीबीबी प्लस’ रेटिङ्ग दिएको छ। यसले मध्यम जोखिम रहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here