बैंकको १४औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्ममार्फत साधारणसभा संचालन भएको थियो ।
यस अवसरमा आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको थियो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु. एक अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।



















