विश्वभरि मृत्यु हुने १५ लाख ४१ हजार नाघ्यो

54

काठमाडौं – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण विश्वभर १५ लाख ४१ हजार ७४५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ६ करोड ७३ लाख ९२ हजार ७१२ जना कोरोना संक्रमित भेटिएका छन् ।  यस्तै, ४ करोड ६५ लाख ८३ हजार ६८० जनाको उपचारपछि निको भएका छन् ।  अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ भने १ करोड ५१ लाख ५९ हजार ५२९ जनामा संक्रमित फेला परेका छन् ।  पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।  यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ६० हजार भन्दा बढी छ ।  ब्राजिलमा १ लाख ७६ हजार ९६२, भारतमा १ लाख ४० हजार ५९०, स्पेनमा ४६ हजार २५२, फ्रान्समा ५५ हजार १५५, बेलायतमा ६१ हजार २४५ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।  नेपालमा २ लाख ४० हजार ९८१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १५९४ को मृत्यु भएको छ ।  कुन देशमा कति हेर्नुहोस् सुची ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here