‘महामारीमा मानव अधिकार स्वास्थ्य सेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथहुने महाभेलाको मुलकार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ । उक्त कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ सहभागीहुने महाभेलाले जानकारी दिएको छ । महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए ।
५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो । महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रितगर्ने विश्वास लिइएको छ । त्यसैगरी मानव अधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाई छ ।


















