काठमाडौं – विप्लव नेतृत्वकाे नेकपाले मोरङको मिक्लाजुङ-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठकाे हत्याकाे जिम्मा लिएकाे छ । सो पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सो हत्याकाे जिम्मेवारी लिएकाे हाे ।
मेचीकोशी ब्युरोका ईन्चार्ज प्रतापले जारी गरेको बिज्ञप्तिमा श्रेष्ठले लामो समयदेखि सुराकी गर्दै आएको र पटक पटक सम्झाउन खोज्दा पनि नसुध्रिएको,०७६ साल फागुण २६ गते ब्युरो बैठकमा प्रहरी बोलाएर दमन गराएको, कार्तिक १२, २०७७ गते शसस्त्र प्रहरी बोलाएर दुई जना ब्युरो सदस्य पक्राएको,जनताका घर घरमा प्रहरी पठाएर नेकपाका नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै धम्की दिएको उल्लेख गरिएको छ । यस पटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आईलागेकाले प्रतिकार गर्दा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।



















