सुनको भाउ घट्यो 

108

काठमाडाैं –केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here