काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका मुख्य मुख्य सडकमा १७ करोड रुपैयाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । यसका लागि महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी हुनेछ ।


















