फिल्म हल जबरजस्ती खोल्ने तयारीमा

251

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर चलचित्रको छायांकन गर्नुपर्ने सर्तमा मन्त्रिपरिषद्को बैठकले छायांकनको अनुमति दिएको छ । यता सरकारले सिनेमा हल खोल्न नदिएपछि हल सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका पदाधिकारीहरू सोमबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै आफूहरूले आगामी १० पुसबाट सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हल खोल्नका लागि आफूहरूले सरकारसँग पटकपटक राखेको मागको सुनुवाइ नभएपछि जबरजस्ती हल खोल्ने घोषणा गरेको बताए । नेपालमा कोरोना भाइरसको महामारीसँगै गत फागुनको अन्तिम साताबाट सरकारले सिनेमा हल बन्द गराएको थियो । यो नौ महिनाको अवधिमा हालसम्म नेपालका सिनेमा हलहरूलाई २ अर्बभन्दा बढी घाटा भएको अध्यक्ष प्रधानले बताएका छन् । पुसबाट मठमन्दिर, रंगशालालगायतका स्थान खुल्ने, चलचित्रको छायांकनको अनुमति दिने सिनेमा हल खुल्न सरकारले नदिने भएपछि हल सञ्चालकहरूले जबरजस्ती सिनेमा घर खोल्ने घोषणा गरेका छन् ।

कोरोनासम्बन्धी दर्शकलाई सुरिक्षत राख्न आफूहरूले सिनेमा हल खोल्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाउने पनि अध्यक्ष प्रधानले पत्रकार भेटघाटका क्रममा बताए । संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले सरकारप्रति आक्रोश पोख्दै १० पुसमा सिनेमा हल खोल्दा सरकारले आफूहरूलाई पक्राउ गर्छ भने थुनामा जान तयार रहेको बताए । हैन भने सरकारलाई आफूहरूले सिनेमा हलको चाबी बुझाएर सबै कुरा जिम्मा दिने पनि उनले सो क्रममा चेतावनी दिए । सिनेमा हलमा भन्दा असुरक्षित रूपमा भिड हुने स्थान यसअघि खुलेको तर विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरेर हल खोल्छौं भन्दा खोल्न नदिएको पनि शर्माले बताए ।

सोही कारण आफूहरूले सरकारी अवज्ञा तोडेर सिनेमा हल खोल्न लागेको उनले बताए । जबरजस्ती सिनेमा हल खोल्न घोषणासहित सिनेमा हल सञ्चालकहरूले नौ सूत्रीय मागको घोषणा पनि गरेका छन् । जसमा चलचित्र क्षेत्रलाई प्रभावित क्षेत्रको रूपमा सम्बोधन हुनुपर्ने, चलचित्र घर सञ्चालन नभएको अवस्थामा प्रयोग भएको बिजुलीको महसुल पूर्ण मिनाहा हुनुपर्ने, चलचित्र क्षेत्रमा मौद्रिक नीति अनिवार्य रूपमा कार्यन्वयन हुनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले अनिवार्य रूपमा उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्नेलगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here