काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ ।
बार्सिलोनाले रियल सोसिडाडलाई हराएपछि एथ्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक छ ।


















