नयाँ बसपार्कको टिकक काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसे

83
काठमाडौं टिकट काउण्टरमा सर्वसाधारण दसैँ पर्व नजिकिएसँगै घर जानका लागि काठमाडौँको नयाँ बसपार्कको टिकट काउण्टरमा बसको टिकट लिन लाइन बसेका सर्वसाधारण । यो वर्ष अहिलेसम्म दसैँको लागि यातायातको अग्रिम टिकट बुकिङ खुलेको छैन : हरिराम भेटुवाल-रासस

काठमाडौं । दशैँ नजिकिएसँगै घर जानका लागि काठमाडौंको नयाँ बसपार्कको टिकक काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसेका छन् ।

तर दशैँ आउन करिब १० दिनमात्र बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्नतर्फ चासो दिएका छैनन् । बसको टिकट नखुल्दै सर्वसाधारण टिकट लिन बसपार्कको टिकट काउण्टर पुगेका हुन् ।

यो वर्ष अहिलेसम्म दशैँका लागि यातायातको अग्रिम टिकट बुकिङ खुलेको छैन । दशैँ–तिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन ।

स्वचालित भाडादर लागू हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् ।

दशैँ–तिहार मनाउन बर्सेनि १८ देखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here