काठमाडौं – पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’ मा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमा चित्त बुझाउनु परेको छ।बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ शाह भने दोस्रो भएका छन् ।
केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताएका छन् ।
सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले ट्रफी हात लगाउनु मात्र जित नभई निर्णायकहरू तथा नेपालीको मन जित्नुपनि आफ्नालागि जित भएको बताएका छन् ।


















