काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको संसद विघटन गर्ने कदमलाई कांग्रेशले प्रतिवाद गर्ने जनाएको छ । नेपाली कांग्रेशका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेशले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएका हुन ।
ट्वीटरमा स्टाटस लेख्दै प्रवक्ता शर्माले संविधान र लोकतन्त्र रक्षाको लागि एकजुट हुन सबैलाई आग्रह गरेका छन् । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइनेछ, शर्माले लेखेका छन् ।