डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप

150

काठमाडौं । डबल नेकपाको विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दाहाल निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलोपटक दाहालनिवास खुमलटार पुगेको बताईएको छ । अध्यक्षद्धय ओली र दाहालबीच के के कुराकानी भयो ? भन्ने कुरा खुलाईएको छैन् । तर, उनीहरुबीच पार्टी विवादमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । दाहाल निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमा पनि सहभागी थए । खुमलटारबाट बाहिरिएका प्रधानमन्त्री ओली अहिले पुलचोकस्थित् मन्त्रीक्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल भेट्न आएका छन् । अहिले उनीहरुबीच एक्लाएक्लै भेटवार्ता भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here