संसारभर नेपाल कोरोना संक्रमणकाे ४० औँ स्थानमा

45

काठमाण्डौ-नेपालमा अहिलेसम्म कूल १८ लाख ६६ हजार २ सय १० वटा पिसिआर परिक्षण गर्दा २ लाख ५३ हजार १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । परिक्षण गरिएको कूल संख्याको ३ दशमलब चार नौ प्रतिशतमा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये शुन्य दशमलब सात शुन्य प्रतिशत अर्थात १ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । त्यसैगरी संक्रमितमध्ये ९५ दशमलब आठ एक अर्थात २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भइसकेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० जना मात्रै छ ।

पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी र निको हुनेको संख्यामा वृद्धि हुँदा सक्रिय संक्रमित ९ हजारभन्दा कम भएका हुन् । यसले नेपालमा कोरोनाको महामारी नियन्त्रणतर्फ गइरहेको संकेत गर्दछ । तर विज्ञहरुले भने सरकारले पिसिआर परिक्षण संख्या घटाएकाले संक्रमितको संख्या वृद्धीमा कमी आएको तर्क गर्दैै आएका छन् । विज्ञहरुको तर्कलाई स्वीकार गर्न सकिने आधार के हो भने कुनै दिन सरकारले दैनिक २० हजारभन्दा धेरै पिसिआर परिक्षण गरेको थियो, त्यसबेला दैनिक ४–५ हजार संक्रमित थपिएका थिए ।

अहिले दैनिक पिसिआर परिक्षणको संख्या ५–६ हजारमा सिमित भएको छ । पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यही अवधिमा १ हजार १ सय ७५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी शनिवार १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ जना पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको आधारमा नेपाल ४० आँै स्थानमा छ । एसिया महादेशका राष्ट्रहरुमध्ये नेपाल १२ औँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here