ग्रेट भिजन अनलाइन अभिनय प्रतियोगिता हुने

182

काठमाडौं– ग्रेट भिजन मिडियाले अनलाइन अभियान प्रतियोगिता  हुने भएकाे छ ।

साे प्रतियोगितामा वरिष्ठ अभिनेत्री मौसमी मल्ल, अभिनेता एसराज गराच तथा कोरियोग्राफर गोविन्द राई निर्णायकको रुपमा रहनु हुने भएको छ ।

प्रतियोगितामा हरेक उमेरका व्यक्तिले सहभागिता जनाउन पाउने छन् । जसका लागि आयोजकलाई आफ्नो अभियनय क्षमतासहितको भिडियो खिचेर पठाउनु पर्नेछ ।

प्रतियोगिताका लागि कम्तिमा दुई देखि बढीमा पाँच मिनेटसम्मको भिडियो खिच्नु पर्नेछ । त्यसका लागि भिडियोमा आफ्नै आवाज हुनु पर्ने छ भने कपिराइट नलाग्ने संगीत प्रयोग गर्न सकिनेछ ।

भिडियोमा कपिराइट दावी लाग्यो भने प्रतियोगिलाई अयोग्य घोषणा गरिनेछ । प्रतियोगितामा प्राप्त भएका भिडियोलाई आयोजकले यूट्युबमा अपलोड गर्नेछन्, जसले धेरे भन्दा धेरे भ्युज तथा लाइक पाउनु पर्नेछ ।

विजयी हुनका लागि निर्धारित समय भित्र बढी भ्युज तथा लाइक पाउनुका साथै प्रतियोगिताका निर्णायकको समेत निश्चित नम्बर पाउनु पर्नेछ ।

प्रतियोगिताका विजेताले नगद राशि, अवार्ड तथा ट्रफीहरुका साथमा म्युजिक भिडियो, लघु चलचित्र तथा वेब सीरीजमा अभिनय गर्ने मौका पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि 9803549541 मा भाइबर/ह्वाट्सएअ अथवा [email protected] मा इमेल गरेर आफ्नो भिडियो पठाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here