काठमाडौं – प्रधानमन्त्री केपी ओलीले संसद विघट्नको सिफारिस गर्ने निर्णय गर्ने लगत्तै डबल नेकपाले संसद विघट्नको विरोध गरेको छ । त्यसैगरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि संसद विघट्नको विरोध गरेका छन् ।
यता प्रचण्डले आफ्नो निवास खुमलटारमा डबल नेकपाका नेताहरुको बैठक डाकेका छन् भने प्रधानमन्त्री ओली मन्त्री परिषद्को निर्णय गरे लगत्तै राष्ट्रपति भेट्नका लागि शीतल निवास पुगेका छन् । देशको राजनीति अन्यौलग्रस्त बनेको छ । संसद विघट्नको सिफारिस भइसकेपछि विरोध सँगसँगै सवै राजनीतिक दलहरु संविधानका धारा र उपधारा हेर्न आ—आफ्नो निकटका कानुनविद्हरुलाई लगाइरहेका छन् ।

















