मानवीय सेवामा अग्रसर ‘सानो पाइला’ समूह कीर्तिपुरकाे पाँगामा  

241

काठमाडाैं – विगत पन्ध्र वर्षदेखि समाजसेवामा अग्रसर रहेकी कलाकार एवम् समाजसेवी इन्दु महर्जनकाे ‘सानो पाइला’ समूह कीर्तिपुरकाे पाँगाकाे लाक्षिमा साेमबार विहान सात बजे पुगेकाे छ ।

सम्पदा संरक्षण तथा  मानवीय सेवामा अग्रसरभइ रहेकाे संस्थाले ‘हुनेले दिएर जाउ  नहुनेले  लिएर जाउ भन्ने मूल नाराका साथ  पाँगा पुगेकाे समूहलाइ स्थानीयबासिन्दाहरूले स्वागत गर्नुका साथै  वागमती प्रदेशका सांसद पुकार महर्जनले आर्थिक
सहयाेग गरेका थिए ।

संसारभर कोरोना भाइरस ( कोभिड १९) को महामारीका कारण रोजगारी बिहिन भएका परिवारहरुलाई  श्रमदान  रोजगारीको व्यवस्था तथा  खाद्यान्न वितरण तथा संकलन  कार्य  ललितपुर लगायत कीर्तिपुर लगायतका विभिन्न स्थानहरुमा  मानवीय कार्य गर्दै आइरहेको छ ।

कोरोना महामारीका कारण अहिले  दैनिक रुपमा चाहिने दैनिक खानपानमा समस्या भएका सर्वसाधारणलाई खाद्यान्न र चिसो मौसममा न्यानोका लागि तातो पानी बाँड्न सानो पाइला टिम अगाडि बढ्दै पाँगा पुगेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here