एजेन्सी – अमेरिकाले एक नयाँ एमआरआई आधारित कम्प्युटर विकसित गरेको छ । जुन खतरनाक ब्रेन ट्युमरबाट पिडित व्यक्तिहरुको जिन्दगी बचाउनको लागि सम्भावना बोकेको छ । यसको साथै पर्सनलाइज्ड थेरापी पनि उपलब्ध छ ।
जीबीएम एक सामान्य तथा खतरानाक क्यान्सर हो । जुन मस्तिष्कबाट सुरु हुन्छ । जीबीएमका बिरामी मध्ये धेरै मानिसहरु पाँच वर्ष भन्दा धेरै बाच्दैनन् । अन्य क्यान्सरका बिरामीहरुको तरीकाले उपचार गरेर पनि जीबीएमको अर्कै प्रक्रियामा उपचार गर्नुपर्छ ।
अमेरिकामा बनेको कम्प्युटरले ट्युमरको बाहिरी सतहमा साधारण तरीकाले देखिने स्थानबाट सुचना दिनेछ । जसबाट कम आक्रामक क्यान्सरबाट पिडित मानिसहरुलाई बचाउन सम्भावनाहरुको धेरै विश्वसनिय जानकारी लिन सकिनेछ । साथै उनीहरुलाई पर्सनलाइज्ड थेरिपेटिक क्लीनिकल ट्रायल्सको लागि पनि गाइड गर्न सकिने जनाइएको छ ।


















