ललितपुर-नेपाली कला, संस्कृति तथा संगीतकाे विकास गर्ने उद्दश्यले स्थापना भएकाे कल्चर थिएटरकाे आयाेजनामा गाबहालस्थित सलिचां नेवाः किचेनमा सांगितिक कार्यक्रम शुक्रबार भएकाे छ। कार्यक्रमका सदस्य रवि जाेशीका अनुसार हप्ताकाे एकपटक उपत्यकाको विभिन्न स्थानमा कल्चर थिटरकाे आयाेजना गर्दै आएछाैं । अव आगामी छैठाें कार्यक्रम एतिहासिक नगरी कीर्तिपुरमा गरिने जनाए ।
मनाेरञ्जनले भरिपुर्ण कार्यक्रममा कलाकार स्वतन्त्र महर्जन तथा गायक आनन्द बज्राचार्य, सिद्धार्थ बज्राचार्य, किशाेर शाही, रकस्टार ज्याक महर्जन, जमुना महर्जन, श्याम महर्जन, किशोर कुमार शाही लगायतका गायकहरुले नेपाल भाषा, हिन्दी तथा नेपाली भाषाका सदाबहार गीत प्रस्तुत गरेकाे कार्यक्रम सना शाक्यले सञ्चालन गरेकाे थियो ।


















