काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ।

















