कपिलवस्तु – शिवराज नगरपालिका-७ बेउवा बस्ने ३४ वर्षीय भगवती प्रसाद कहारलाई भन्सार छली ल्याएको ५८ बोरा युरिया मल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटीएको प्रहरीले लु.१ त १४२५ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा करिब ४६ हजार ४ सय रुपैयाँ बराबरको उक्त मल फेला पारी ट्याक्टर सहित उनलाई पक्राउ गरेको हो ।
बरामद मल ट्याक्टर सहित भन्सार कार्यालय कृष्ण नगरमा बुझाइएको छ ।

















